समाचार सोमबार, साउन २७, २०७६

कांग्रेसमा चुनाव नहुने, बरू गोला तानिने

हिमालखबर

आगामी २० भदौभित्र नेपाली कांग्रेसले अन्तरिम संरचना बनाइसक्ने भएको छ । २२ असारदेखि केन्द्रीय मुख्यालय सानेपामा बस्दै आएको केन्द्रीय कार्यसमितिको बैठकले अन्तरिम संरचना टुंग्याउने निर्णय गरेको हो ।

२६ साउनमा बसेको बैठकले अन्तरिम संरचना निर्माण गर्दा चुनाव नगर्ने पनि निर्णय गरेको छ । कतै पनि चुनाव नहुने बरु गोला प्रथा लागू हुने कांग्रेसले जनाएको छ ।

अन्तरिम संरचना बनाउँदा एक जना भन्दा बढी सभापति भए बरिष्ठता, प्रतिनिधि, क्रियाशील सदस्यताको आधारमा नेतृत्व टुंग्याउने सहमति भएको छ ।

सबै आधारले बराबर भए गोला प्रथाबाट नेतृत्व चयन गर्ने सहमति भएको छ । २० भदौभित्र अन्तरिम संरचना बनेपछि २४ असोजदेखि दोस्रो चरणको जागरण अभियान चलाउने तयारी कांग्रेसले गरेको छ ।

प्रतिकृया दिनुहोस