समाचार सोमबार, साउन २७, २०७६

रिपाेर्टले लम्बिएको प्रधानमन्त्रीको भ्रमण

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो स्वदेश फर्किदै छन् ।

१८ साउनमा सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली आइतबार नै स्वदेश फर्कने कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्री ओलीकाे भ्रमण लम्बिएको जानकारी उनका सचिवालयले जनायो ।

प्रधानमन्त्रीको सचिवालय जनाएअनुसार स्वास्थ्य रिपाेर्ट आउन ढिलाइ भएकाले भ्रमण लम्बिएको हो । उनका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री थाई एयरलाइन्सको विमानबाट स्वदेश फर्कदै छन् ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका ओलीले यस अगाडि भारत र थाइल्यान्डमा नियमित स्वास्थ्य परीक्षण गराउने गरेका थिए । प्रधानमन्त्री ओलीको स्वास्थ्य रिर्पोट सन्तोषजक आएको जनाइएको छ ।

प्रधानमन्त्रीसँग पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगात छन् ।

प्रतिकृया दिनुहोस