थप समाचार आइतबार, साउन २६, २०७६

कश्मीरको भिडियो सार्वजनिक, सामान्य देखिन्छ अवस्था (भिडियो सहित)

हिमालखबर

भारत सरकारले संविधानको धारा ३७० खारेज गर्दै जम्मु–कश्मीरको विशेषाधिकार खोसेको छ ।

पाँच सय बढी उच्च तहका नेतालाई नजरबन्दमा लिएको छ । भारतले कश्मीरमा कर्फ्यू लगाएकाे  छ र टेलिफोन तथा इन्टरनेटको सेवा पनि काटेको छ ।

भारत सरकारले यस्तो कदम चालेको ६ दिनपछि कश्मीरको भिडियो सार्वजनिक भएको हाे । स्थानीय एक प्रहरीले सार्वजनिक गरेको भिडियोमा कश्मीरको जनजीवन सामान्य रहेको देखाइएको छ ।  उक्त भिडियो अहिले भाइरल बनेको छ ।

भिडियाे हेर्नुहाेस्ः यहाँ क्लिक गर्नुहाेस् ।

 

प्रतिकृया दिनुहोस