थप समाचार शनिबार, साउन २५, २०७६

अन्ततः कंग्रेसको अध्यक्ष सोनिया नै

हिमालखबर

राहुल गान्धीले राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि भारतीय राष्ट्रिय कंग्रेसका वरिष्ठ नेताहरुको दिल्लीमा बैठक बोलाइएको थियो ।

बैठकमा प्रष्ट नयाँ र पुराना पुस्ताका नेताहरुबीच मतभेद भए ।

अन्तिम समयमा राहुल गान्धीलाई बोलाएर सम्बोधन गर्ने अवसर दिइएको थियो । तर, पुराना नेताहरुले बैठक हल नै छोडेर हिड्न थालेपछि अन्ततः उनीहरुकै प्रस्तावअनुसार सोनिया गान्धीलाई अन्तरिम प्रेसिडेन्ट मान्ने सहमति जुटेको छ ।

र, अब फेरि पनि भारतीय कंग्रेस सोनियाकै नेतृत्वमा चल्नेछ ।

प्रतिकृया दिनुहोस