थप समाचार शनिबार, साउन २५, २०७६

विश्वमा समाचार भारतको, भारतमा समाचार कंग्रेसको

हिमालखबर

जम्मु–कश्मीर प्रकरणपछि दक्षिण एसियाको मात्रै होइन, विश्वकै ध्यान भारततिर तानिएको छ । तर, भारतीय मिडियाको ध्यान भने भारतीय राष्ट्रिय कंग्रेसतिर छ ।

यो स्वभाविक पनि हो । यतिबेला भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संकटमा छ । किनभने राहुल गान्धीले नेतृत्व छोडेका छन् । र, दिल्लीमा कंग्रेस बरिष्ठ नेतृत्व भेला भएको छ, नेतृत्व चयन गर्न ।

शनिबारबाट शुरु भएको केन्द्रीय कार्य समिति बैठकको प्रत्येक खबर भारतीय मिडियाको ब्रेकिङ बनिरहेको छ । जति ब्रेकिङ कस्मीकर प्रकरणको भएको देखिदैन ।

अनि, कंग्रेस बैठकमा गजबको बहस शुरु भएको छ– नयाँ र पुराना पुस्ताको । बैठकको थालनीमा अन्तरिम नेतृत्वका लागि फेरि पनि सोनिया गान्धीको प्रस्ताव आएको थियो । तर, साँझ पर्दै गर्दा राहुल गान्धी नै फेरि पनि नेतृत्वमा आउनुपर्ने प्रस्ताव आयो ।

पाँच समूहमा विभाजित छलफलले राहुलको नाम लिएपछि पुराना नेताहरु बैठकबाट बाहिरिन थाले । बैठकमा राहुल प्रवेश गरे । कंग्रेसले यही बैठकबाट नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस