थप समाचार शनिबार, साउन २५, २०७६

कश्मीरमा डोभालको ‘हिलिङ टच !’, अनन्तनागपछि पुलवामा

हिमालखबर

जम्मूकश्मीरमा स्थिति सामान्य बनाउनका लागि शनिबार मोदी सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल अनन्तनागपछि पुलवामा पुगेको तस्वीर सार्वजनिक भएको छ ।

तस्वीर : इन्डिया टुडे

उनले स्थानीयहरूसँग भेटघाट गर्दै गरेको फोटो समाचारमा आएको छ । त्यहाँ जनजीवन केही सहज बनाउन धारा १४४ लाई केही लचिलो बनाएको बताइएको छ ।

डोभालले पुलवामाका स्थानीयहरूसँग भेटघाट गरेको र उनीहरूबारे जानकारी लिएको बताइएको छ ।

श्रीनगरमा धारा १४४ मा केही छूट दिएर ल्यान्डलाइन फोन र मोबाइलको भ्वाइस कलको सुविधा शनिबार साँझदेखि दिन सक्ने बताइएको छ इन्टरनेटको सुविधा चाहिं तत्काल नदिइने जनाइएको छ ।

अजीत डोभालले अनन्तनागमा ईदको तैयारीबारे जानकारी लिए । भेडमन्डी पनि पुगे ।

यसअघि उनी बुधबार शोपिया जिल्लामा सथानीयसँग कुराकानी गर्दै खाना खाएको भिडियो सार्वजनिक भएको थियो ।

डोभाल कश्मीरको स्वायत्तताबारे संवैधानिक धारा ३७० खारेज भएपछि त्यहाँको सुरक्षा अवस्थाबारे आकलन गर्न काश्मीरमा रहेका छन् ।

–एजेन्सी

प्रतिकृया दिनुहोस