थप समाचार शनिबार, साउन २५, २०७६

‘प्रदर्शनमा २० जना उत्रिएका छैनन्, कहाँबाट १० हजारको रिपाेर्ट आयो ?’

हिमालखबर

भारत सरकारकाे निर्णयविरुद्ध उत्रिएका युवाहरु ।

जम्मु–कश्मीरको विशेषाधिकार खोस्ने भारत सरकारको निर्णयविरुद्ध श्रीनगरमा प्रदर्शन भएको छ । रोयटर्सले १० हजार बढीले प्रदर्शन गरेको जनाएको छ ।

तर, भारतको गृह प्रशासनले रोयटर्सले गलत समाचार लेखेको जनाएको छ । गृहका प्रवक्ताले समाचारको खण्डन गर्दै दश हजारको प्रदर्शन झुटो भएको जनाएका छन् ।

‘मिडियाले श्रीनगरमा १० हजार मानिस प्रदर्शनमा उत्रिएको दावी गरेको छ । तर, यो पूरापुर बढाइचढाई र झुटो हो । प्रदर्शनमा २० जना पनि छैनन्’, प्रवक्ताले ट्वीटमार्फत् खण्डन गरेका छन् ।

भारत सरकारले संविधानको धारा ३७० खारेज गरेपछि पक्ष र विपक्षमा मत व्यक्त भइरहेका छन् । पाकिस्तान र भारतबीचको सम्बन्धमा तिक्तता बढ्दै गएको छ ।

प्रतिकृया दिनुहोस