लिभरपुलको शानदार शुरुवात
इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिभरपुलले शानदार जित निकालेको छ ।
गएराति नर्विचसँगको खेलमा ४–१ गोल अन्तरले जित निकाल्दै यो सिजनका लागि शानदार थालनी गरेको छ ।
खेलको सातौं मिनेटमै नर्विचका कप्तान ग्रान्ट हान्लीले आत्मघाती गोल गरेका थिए । यसपछि १९औं मिनेटमा लिभरपुलका मोहमम्द सलाहले गोल थप गरे ।
२८ औं मिनेटमा भर्जिल भान डाइक र ४२ औं मिनेटमा ओरिगीले गोल गर्दै पहिलो हाफमै लिभरपुलले ४–० को अग्रता लिएको थियो । तर, दोस्रो हाफमा लिभरपुलले खासै राम्रो प्रदर्शन गर्न सकेन ।
बरु नर्विचका टिमु पोक्कीले सान्त्वना गोल फर्काए ।