अन्तर्वार्ता/विचार शुक्रबार, साउन २४, २०७६

‘समाजवाद सिंहदरबारको पार्सल होइन’

हिमालखबर

–राम कार्की
अहिलेको आर्थिक–सामाजिक सम्बन्ध र राजनीतिक संस्कृतिसँग हामी असहमत छौं । एउटा यस्तो समाज पनि संभव छ, यो भन्दा बिल्कुल फरक छ । हामी यी दुई कुरालाई मानेर हिंड्छौं । किनभने हाम्रो विषय छ– नेपालमा समाजवाद ।

 

अहिलेको व्यवस्था र प्रणाली मपाईंमा आधारित छ । हामी सबैको सम्बन्ध, सामाजिक–राजनीतिक सम्बन्ध, आर्थिक–सामाजिक सम्बन्ध र हाम्रो सोंच ‘म’ छ । अर्काेतर्फ होड छ, प्रतिष्पर्धा छ । तपाईंको छोरो उसको छोरो भन्दा टपर बनाउन चाहनुहुन्छ । म मेरी छोरीलाई तपाईंकी छोरी भन्दा अगाडि देख्न चाहन्छु । म सबैभन्दा अगाडि बढ्न चाहन्छु । ‘म’ छ, प्रतिष्पर्धा छ । त्यसैले भेदभाव र असमानता छ ।

जहाँ, होडको सट्टा सहकार्य, प्रतिष्पर्धाको सट्टा सहकार्य, ‘म’को सट्टा हामी होस् । भेदभावको सट्टा समानता होस्, शोषणको सट्टा सहयोग होस् । के यस्तो समाज बनाउन संभव छैन ?

यस्तो सोंच पूर्वमा पनि आयो, पश्चिममा पनि आयो । अहिले बढी पश्चिमको चर्चा हुन्छ । इथोपियन सोसलिष्ट अर्थात् स्वप्नदर्शी समाजवादी । उनीहरूले पनि सोचें– समानता होस् । शोषण, भेदभाव नहोस् । कतिले आफ्नो सम्पत्ति लगेर कारखाना खोले । बराबर तलबको व्यवस्था गरे । उस्तै, सुविधा सबैलाई लागू गर्न खोजे ।

पूर्वीय समाजमा बुद्धले केही प्रश्न उठाए । बुद्धले ‘सबै कुरा परिवर्तनशील छ’ भने । उनको आफ्नो भिक्षु संघमा समाजका दलित पीडित मान्छेलाई समावेश गराए । पाइखानाको काम गर्नेलाई पनि संघमा समावेश गरे । तर, पूर्वमा त्यो परम्परा धेरै अगाडि बढ्न सकेन । पूर्वीय समाज बढी कल्पना र आदर्श तथा अर्को लोक अर्को संसार छ भन्ने विश्वासमा रह्यो ।

अलौकिक कुराले लौकिक कुरालाई कमजोर तुल्यायो । लौकिक सोंचले भौतिक सोचलाई कमजोर तुल्यायो । यहाँ पनि विभिन्न व्यक्तिहरू थिए । जो, भौतिकवादी सोंच राख्थे । जस्तो– बुद्ध र जैनलाई भन्न सक्छौं । उनीहरूले समाजमा प्रश्न उठाए ।

राजा महेन्द्रको छोरा ज्ञानेन्द्र । उनलाई समेत पाँच वर्ष पनि राजा भएर बस्न दिएनन्, जनताले । हामी मजदुर, किसानका कुरा गर्नेले राजा बनेको ‘स्वाङ’ पार्न थाल्यौं भने जनताले कति दिन बस्न देलान् ?

 वर्तमानमा तपाईं मलाई कसरी देख्नुहुन्छ ? पर्सा जिल्ला कमिटीका एउटा साथीले अर्को साथीलाई कस्तो देख्नुहुन्छ ? उसलाई प्रतियोगी ठान्नुहुन्छ ? वा सहयोगी ?

म जुन साथीसँग ३० वर्षदेखि एउटै कमिटीमा छु । उसको र मेरो सम्बन्ध औपचारिक मात्रै छ । पहिला त सेन्ट्रल कमिटीमा भेट हुन्थ्यो । अहिले त त्यो पनि भइरहेको छैन ।

क्यूवा । जो, समाजवाद वा मृत्यु भनेर बसिरहेका छन् । जहाँ फस्र्ट, सेकेन्ड भन्ने अवधारणा नै छैन । त्यसलाई फिनल्याण्डले पनि कपी गरेको छ । उनीहरू के मान्दछन् भने हरेक बालबालिकासँग बेग्ला–बेग्लै प्रतिभा छ । कोही सितार बनाउन जान्दछ, कोही बजाउन । कोही सिकर्मीमा राम्रो छ । कोही तस्वीर खिच्न, कोही कविता लेख्न, कोही पत्रकारिता र राम्रो शिक्षक बन्न सक्छन् । त्यहाँ, फस्ट र सेकेन्ड छैन ।

वीरगञ्जमा के छ ? गाई बाँध्ने भन्दा टाई बाँध्ने स्कूल धेरै छन् । यहाँ, होड छ । हामी नानीलाई टपर बनेको, सबैलाई उछिनेको देख्न चाहन्छौं । सानैदेखि यस्तो वातावरण तय गरिदिन्छौं । समाजवाद सिंहदरबारबाट पार्सल गरेर पठाउने कुरा होइन ।

धर्म र राजनीतिको भेद
चुनावमा हामी सबै झुठो बोल्छौं । किनभने, हामीसँग राजनीति भनेको चुनावदेखि चुनावसम्म मात्रै छ । किन यस्तो भयो त ? टाउको समातेर सोच्नुपर्ने बेला आएको छ । हिजोको एमालेले जबज (जनताको बहुदलीय जनवाद) भन्यो । जबज सबभन्दा राम्रो सिद्धान्त भयो ।

माओवादीले भन्यो– एक्काइसौं शताब्दीमा जनवादको विकास माओवाद । यसले समाजवादसम्म लैजान्छ भन्यौं । कांग्रेसका साथीहरूले प्रजातान्त्रिक समाजवाद भने । अहिले यहाँनिर आइपुग्दा त केन्द्रीय कमिटीको बैठक नहुने, केन्द्रीय सदस्य नचिनिने, रातारात ठेकेदार केन्द्रीय सदस्य बन्ने, राप्रपाका नेताले टिकट पाउने अनि कार्यकर्ता समर्थक असहाय हुने अवस्था भयो ।

प्रश्न उठ्छ– या त एक्काइसौं शताब्दीको जनवाद, जबज वा कांग्रेसको प्रजातान्त्रिक समाजवादको सिद्धान्त गलत थियो या त हामीले त्यसलाई अपनाएनौं ।

मान्छेको आनन्द सहकार्यमा छ । महाकवि देवकोटा भन्छन्– “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।” अहिले पनि हाम्रो अगाडि सधैंभरि युनिफर्ममा देखिने बाक्लो खद्दरको कोट लगाएको माओत्से तुङ र चार जोर मात्रै लुगा भएका लेनिन हाम्रो आदर्श भएर उभिएका छन् । अहिले ६०\७० जोर सुट लगाउनेहरूको हालत के हुन्छ त ?

जबज वालाले जबज लागू गरेन । अध्ययन गरेन । बडो अचम्म अहिलेसम्म जबजलाई आदर्श मान्नेले यसको कमजोर पक्ष छ भनेको सुनेको छैन । त्यो राजनीतिक सिद्धान्त हो भने यसको केही कमजोर पक्ष पनि त होला ?

मैले बुझेको त वेदमा प्रश्न गर्न पाइँदैन । कुरान, मुन्धुममा प्रश्न गर्न पाइँदैन । किनभने, त्यो धर्मग्रन्थ हो । यसमा केही थप्न पाइँदैन । वेदमा मेरो पनि चार लाइन हाल्नु पर्‍यो भन्यो भने सारा पण्डित आइलाग्छन् । वेद अपवित्र हुन्छ भन्छन् । कुरानमा दुई लाइन थप्न चाहन्छु भन्यो भने सबै मुश्लिम आइलाग्छन् । किराँतहरूको मुन्धुम छ, त्यसमा केही थप्छु भन्यो भने त्यसमा गुञ्जायस छैन ।

तर, पोलिटिकल आइडियोलोजीमा त थपिएन भने त्यो सकियो । मार्क्सिज्म, अरु कुनै विचारधारा, सिद्धान्त र दर्शन भन्दा यसकारण फरक छ । यो आफैंप्रति आलोचनात्मक छ । मार्क्स आफ्ना थेसिस, रिसर्च र आफ्ना प्रपोजिसनहरूमा प्रश्न गर्छन् । आलोचना गर्छन् तर, मार्क्सका शिष्यहरू चाहिँ आफ्नो सिद्धान्तलाई धर्म भन्दा पनि बढी मानेर पितृ श्राद्ध गरेर बसेका छन् ।

हिन्दु धर्ममा मान्छे मरेपछि उसको दुर्गुणको चर्चा हुँदैन । बाउ जुवाडे थियो । दुर्व्यसनी थियो पढाएन, तरपनि तर्पण दिनुपर्छ । उनको कुनै आलोचना हुँदैन, समीक्षा हुँदैन । किनभने, पितृ परमेश्वर भए । के हाम्रो सिद्धान्त पनि परमेश्वर नै भएको हो ? जबज के बाइबल नै भएको हो ? एक्काइसौं शताब्दीको जनवाद माओवादीको दस्तावेज र कांग्रेसको प्रजातान्त्रिक समाजवाद पनि कुरान हो ?

यसको अब समीक्षा हुनुपर्छ । गलत ठाउँमा किन आइपुगियो ? हाम्रा सम्बन्धहरू किन यसरी पूँजीवादी बने ? किन हामी होडमा छौं । एक–अर्कालाई देख्दा दुश्मन जसरी हेर्छौं ।

बढी कुरा अमेरिकाको गर्छौं । अमेरिकाको नयाँ पिढी आज बाटो खोजिरहेका छन् । बर्नी स्यान्डर्स भन्ने एक बूढो समाजवादीलाई सबैभन्दा बढी भोट त्यहाँका युवाले दिए । बेलायतमा त्यहाँका युवाले जेरेमी कोर्बिनलाई भोट दिए । किनभने, पूँजीवादले केही पुर्‍याएन, सन्तुष्टि दिन सकेन, आनन्द दिएन ।

अर्कातिर गुटहरू छन् । नेकपामा पनि छन्, कांग्रेसमा पनि । उसको र मेरो ससुराली एकै ठाउँमा भएका कारण गुट बनेको छ । जग्गाको कारोबारमा दुईवटैले कमिशन खाएकाले गुट भएको छ । कुनै वैचारिक राजनीति आधारमा गुट बनेको छैन ।

किनभने, शरीरको कुनै भाग सड्छ, कुनै भाग कुहिन्छ भने इन्जेक्सन, ट्याबलेटले काम गर्दैन, त्यसलाई चिरेर फाल्नुपर्ने हुन्छ । हटाइदिनुपर्छ । मेडिकल साइन्सको भाषामा त्यसलाई सर्जरी भनिन्छ । समाज पनि त्यही हो । समाजको कुनै हिस्सा सड्न थाल्छ, गन्हाउन थाल्छ । ट्याब्लेट र इन्जेक्सनले काम गर्दैन । त्यसलाई काट्नुपर्छ ।

०५२ सालमा हामी भर्खरका युवा थियौं । हामीले देख्यौं, एमाले ट्याब्लेट लिएर हिँडिरहेको छ, कांग्रेस आयुर्वेदिक औषधि लिएर हिँडेको छ । अर्को पार्टी प्राकृतिक चिकित्साद्वारा ठीक गर्छौं भन्छ । हामीले देख्यौं, देश त सडिरहेको छ । हामीले अप्रेशन गरिदियौं । अहिले हामी फेरि ट्याब्लेटले ठीक हुन्छ भनिरहेका छौं तर, विप्लव भन्छन्– अझै एकपटक कैंची चलाउनुपर्छ ।

जब मान्छे मर्न तयार हुन्छ । ऊ स्वार्थरहित हुन्छ । निष्काम, पवित्र बन्छ । युद्धकालमा देखें– भरे मर्नेवाला छ, अहिले जुत्ताका लागि झगडा गरिरहेको छ । लडाइँमा पनि स्वार्थ, कटुता देखिन्छ । जबसम्म सोंच समाजवादी बन्दैन, तपाईंको हातमा मेशिनगन भएपनि तपाईं केही गर्न सक्नुहुन्न ।

चे ग्वेभाराको शब्द छ– “पूँजीवाद भनेको व्वाँसाहरूको दौड हो ।” एक अर्कालाई सिध्याउन, एकले अर्कालाई खान दौडिरहेका छन् ।

समाजवाद अवश्यंभावी छ । समाजवाद वा मृत्यु, समाजवाद वा विनाश, समाजवाद वा सत्यानास ।

समाजवादलाई कसले लिएर जान्छ त ? यसको अगुवाइ कसले गर्न सक्छ त ? मार्क्स जवान हुनुहुन्थ्यो, बेलायत पुग्नुभयो । त्यहाँ पुगेपछि नयाँ चिज पत्ता लगाउनुभयो । सर्वहारा वर्ग देख्नुभयो । त्यो वर्ग देखेपछि उत्साहित भएर आफ्नो बुवालाई चिठ्ठी लेख्नुभयो । यस्तो वर्ग पनि रहेछ भनेर।

कम्युनिष्टले गरीब किसान र मजदुरको कुरा मायाले गरेको होइन । मायाले, दयाले कल्पिन्छ, तडपिन्छ भने त्यो कम्युनिष्ट होइन । उसले कम्युनिष्ट ढंगले किसान\मजदुरलाई बुझेकै छैन । मार्क्सले सर्वहारा वर्गलाई माया गरेको होइन । मार्क्सले के पत्ता लगाए भने सबभन्दा बलियो, विश्वास गर्न सकिने वर्ग यही हो । यही वर्गबाटै समाजवादसम्म पुग्न सकिन्छ ।

मजदुर, किसानमा हिजो भरोसा गर्‍यौं । मजदुर र किसानको कुरा गर्‍यौं । राजनीतिक भाषामा त राष्ट्रियता, जनवाद र जनजीविका भन्छौं । सरल भाषामा मजदुर, किसानमा भरोसा गर्‍यौं । कांग्रेसले गाउँ–समाजका प्रबुद्ध, अलि पढेलेखेका, व्यवस्थासँग असन्तुष्ट मान्छेहरू खोज्यो । हामीले मजदुर, किसानलाई पढायौं । हामीलाई त्यतिखेर लाग्यो– हामीले मजदुर, किसानलाई विश्वास गर्‍यौं भने समाजवादतिर लग्छन् ।

तर, अहिले बिस्तारै मजदुर, किसानबाट विश्वास हट्यो । किन हट्यो ? यो मेरो प्रश्न हो । मसँग उत्तर छैन । किनकि, म आज प्रश्न बाँड्न आएको छु । कसैको दिमागबाट समाजवाद फुत्त झर्ने होइन । समाजवाद तपाईं हाम्रो विचारको मथाइ, वैचारिक छलफल र संघर्षबाट मात्रै निस्कने कुरा हो ।‍‍‍‍

हामीले देख्यौं, नेपालका कम्युनिष्टले एक पटकमा संघर्षको एउटा मात्रै रूप अपनाउँछन् । हिजोको एमाले, अस्ति थियो । त्यसअघि एकता केन्द्र थियो । त्यतिबेला मालेमा पश्चिम बंगालतिरबाट आएको नारा थियो । “जिसके हात वर्ग शत्रुओं के खुन से नही भिगा हो, उसे कम्युनिष्ट कहनेका अधिकार नही है (जसको हत्केला वर्ग शत्रुको रगतले भिजेको छैन, उसलाई कम्युनिष्ट भन्ने अधिकार छैन) ।”

वीरगञ्जमा वर्ष नायक भनेर यहाँ जसले झाडु, पोछाको काम गर्छन्, उनलाई २\३ लाखको पुरस्कार दिएर प्रचार गराउनुस् न त्यो हो समाजवाद ।

त्यसैले ‘वान युनिट वान एक्सन, जाऊ वर्ग शत्रुलाई खत्तम गर ।’ मालेले त्यो बेला अरु कुनै संघर्ष देखेन । त्यसपछि माओवादी आयो, उसले संगठन भनेको फौज, संघर्ष भनेको युद्ध । अहिले दुईवटै चुनावमा आइपुगे । अब केही संघर्ष छैन । १५\२० वर्ष भयो, किसानको कुनै संघर्ष उठेको देखिंदैन । विद्यार्थीको कुनै संघर्ष छैन ।

लेनिन भन्छन्– मजदुर, किसानलाई राजनीतिक चेतना बाहिरबाट दिनुपर्छ । उनको के गर्ने भन्ने किताब त्यसैमा आधारित छ । त्यतिबेला रोजा लग्जम्बर्गले भनेको एउटा कुरा म सम्झन्छु । उनको चर्चा कम हुन्छ हामीकहाँ । तर, धेरैजनाको भनाइ के छ भने कार्ल मार्क्सपछि सबैभन्दा राम्रो विचार र मस्तिष्क उनको थियो । उनले लेनिनलाई भन्छिन्, “हो, लेनिन समाजवादको डोज त दिने हो तर, डोज धेरै भएर त्यो वर्गले मौलिक लडाइँको क्षमता त गुमाउँदैन ?”

तर, अहिले मलाई के लाग्छ भने नेपालका पार्टीहरूले आफ्ना मजदुर, किसान र महिलालाई राजनीतिक डोज यति धेरै दिएका छन् कि उनीहरूले मौलिक लडाइँको क्षमता गुमाए जस्तो देखिन्छ । त्यसैले हामीले अहिले गम्भीर र निर्मम समीक्षा गर्नुपर्छ अतीतको । हामीले अतीतमा लिएको बाटोमा कहाँ कमजोरी रह्यो ।

हाम्रो २१औं शताब्दीको जनवादमा कहाँनेर कमजोरी थियो । लागू नै गर्न सकेनौं भने लागू नैै गर्न नसक्ने कस्तो सिद्धान्त हो त्यो ? जबजको सबैभन्दा सबल पक्ष के थियो ? दुर्बल पक्ष के थियो ? आज भनेको हिजोले जन्माएको छ, वर्तमानले भोलि जन्माउँछौं । मलाई के लाग्छ भने हामी संघर्षको एउटा मात्रै रूप अपनाउँछन् । त्यो एकदमै गलत हो।

कुनै पनि पार्टीका केन्द्रीय सदस्यले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहुन्न । लगानी गर्छ भने हटाइदिऊँ, त्यो सक्छौं हामी ? शिक्षा र स्वास्थ्यमा नेताहरूले लगानी गरेपछि सार्वजनिक विद्यालय र सार्वजनिक शिक्षा कसका लागि ? हाम्रो शिक्षामा मौलिक साेंच नै गलत छ । शारीरिक श्रमलाई तुच्छ ठान्छौं । घृणा गर्छौं । यो दुर्भाग्य हो । यसमा कुनै जाति विशेषको दोष छैन ।

कुनै पनि पार्टीका केन्द्रीय सदस्यले शिक्षा र स्वास्थ्यमा लगानी गर्नुहुन्न । लगानी गर्छ भने हटाइदिऊँ, त्यो सक्छौं हामी ? शिक्षा र स्वास्थ्यमा नेताहरूले लगानी गरेपछि सार्वजनिक विद्यालय र सार्वजनिक शिक्षा कसका लागि ? हाम्रो शिक्षामा मौलिक साेंच नै गलत छ । शारीरिक श्रमलाई तुच्छ ठान्छौं । घृणा गर्छौं । यो दुर्भाग्य हो । यसमा कुनै जाति विशेषको दोष छैन।

हामीकहाँ के चलन छ भने बाहुनले गर्ने सबै काममा चामल चाहिने तर, बाहुनले खेत जोत्न नहुने । शारीरिक श्रम गर्न नहुने । अब परिणाम के भएको छ भने हामीले यहाँ दुःख गरेर एमए पढाएको, इन्जिनियर र डाक्टर बनाएको मान्छेले यहाँ काम गर्दैन । अष्ट्रेलिया, अमेरिका र क्यानडामा गएर चाहिँ झाडु लगाउँछ, चर्पी सफा गर्छ । यो शिक्षामा कसरी मौलिक परिवर्तन ल्याउने त ?

२ नम्बर प्रदेशका कति जनसंख्याको राज्यमा पहुँच छ ? सचिव कतिवटा छन्, सहसचिव उपसचिव कति छन् ? जर्नेल कर्णेल कति छन् ? एसएसपी, डीआईजी र आईजीपी कति छन् भनेर हामी हिसाब गरौं त ? समावेशी बनाउनका निम्ति शिक्षामा परिवर्तन ल्याउनैपर्छ । अबको २० वर्षमा कमसेकम यस्तो जनशक्ति तयार होस्, जसले शारीरिक श्रमलाई सम्मान गरोस् ।

वीरगञ्जमा वर्ष नायक भनेर यहाँ जसले झाडु, पोछाको काम गर्छन्, उनलाई २\३ लाखको पुरस्कार दिएर प्रचार गराउनुस् न त्यो हो समाजवाद ।

रड, सिमेन्टीको प्रचार गरेको देख्छु, जसले रड छोएकै छैन । कमसेकम एउटा डकर्मीले भनोस्– मैले जिन्दगीमा ७० वटा घर बनाएँ, मैले यो यो रड प्रयोग गर्थें पहिला, अहिले यो रड प्रयोग गर्छु, यो बलियो छ । अनि पो पत्याउने कुरा हुन्छ । समाजवाद भनेको त्यही होला नि त ।

एकातिर त राजनीतिक कार्यदिशाको प्रश्न छ । अब नेपालका कम्युनिष्ट र कांग्रेसले समीक्षा गर्नुपर्‍यो । हाम्रो समाजमा थप्ने कुरा के हो ? हाम्रो सिद्धान्त छ, जसलाई हामीले जबज भन्यौं, एक्काइसौं शताब्दीको जनवादको विकास भन्यौं या प्रजातान्त्रिक समाजवाद भन्यौं । यसलाई सम्पन्न गर्ने कसरी हो ? सम्पन्न गर्न कमजोरी र त्रुटि चिन्नुपर्छ ।

जब मान्छे मर्न तयार हुन्छ । ऊ स्वार्थरहित हुन्छ । निष्काम, पवित्र बन्छ । युद्धकालमा देखें– भरे मर्नेवाला छ, अहिले जुत्ताका लागि झगडा गरिरहेको छ । लडाइँमा पनि स्वार्थ, कटुता देखिन्छ । जबसम्म सोंच समाजवादी बन्दैन, तपाईंको हातमा मेशिनगन भएपनि तपाईं केही गर्न सक्नुहुन्न ।

हाम्रो संगठन तरिका, संगठन भन्ने सोंच खासगरी कम्युनिष्टलाई थाहा छ । संगठनको तरिका देखेपछि जर्ज अरबेलले एनिमल फार्म लेख्नुभएको छ । जुन संसार प्रसिद्ध छ । रुसको कम्युनिष्ट पार्टीको दशौं महाधिवेशनमा त्यतिबेला विभिन्न देशले रूसमा हमला गरिरहेका थिए । त्यो बेला लेनिनले पार्टीभित्र गुट चलाउन भएन । पार्टीभित्र बेग्ला–बेग्लै पत्रिका चलाउन भएन भनेर प्रस्ताव पास गरियो । लेनिनको स्टाइल केही थियो भने कुनै बेला केही कुरा भन्दा यति जोडले भन्थे कि त्यो बाहेक अर्को सत्य नै छैन ।

हुन त क्रान्तिकारीले त्यो भन्नैपर्छ । हामीले पनि त्यो भन्यौं । जस्तो– ५०\५१ सालतिर हामीले हेर्‍यौं, एमालेमा महिलाहरू छन्, कांग्रेसमा पनि महिलाहरू छन् । धेरै लामो काम गरेका, राजनीति बुझेका पढेलेखेका । हामीलाई पनि महिला चाहियो । हामीले भने दुःख पाएका, श्रीमानले हेला गरेका, परिवारले त्यागेका महिला पायौं ।

हामीले उनीहरूलाई ‘क्र्यास कोर्स’ गरायौं । एक महीनामा संसारका सबै कुराको जानकारी गरायौं । ३१ दिनपछि हामीले के भन्न थाल्यौं भने तिमीले जे बुझ्यौं, ठीक बुझ्यौ । त्यो कांग्रेस र एमालेका महिलाले केही बुझेका छैनन् । वास्तविक कुरा तिमीले बुझ्यौ ।

त्यसले गर्दा उनीहरूमा यति आत्मविश्वास आयो कि पछि त्यो झिक्न खोज्दा पनि सकिएन । अहिले पनि तपाईंले हेर्नुहुन्छ– माओवादीमा आबद्ध महिला पर्यावरणका विषयमा पीएचडी गरेर आएका, पत्रकारिता गरिरहेका मानिसहरूलाई वरिपरि राखेर पनि मज्जाले घण्टौं पर्यावरणको बारेमा चर्चा गर्छन् । त्यसमा माओवाद, संघर्ष एक दुईमा हुन्छ । सबै बोल्छन् । मजदुर किसानमा पनि त्यो आत्मविश्वास दिलाउनुपर्छ ।

कम्युनिष्ट पार्टी ठूलो भएपछि जनवाद हराउँदै जान्छ । हाम्रो पार्टी त अहिले निकै ठूलो भएको छ । त्यसले गर्दा कार्यकर्तामा जनवाद त्यति देखिंदैन । यो एकमनावादी प्रवृत्ति हो । दर्शनमा स्वाभाविक रूपमा मार्क्सवादीहरु माओइज्म्लाई मान्दछन् कि संसार एउटै नियमद्वारा एउटै तरिकाले चल्दछ । भौतिक नियमले चल्छ भनेर मान्दछन् । तर पोलिटिक्स, संगठन त सधैं ‘प्लुरल’ हुन्छ ।

माओवादीले भन्यो– एक्काइसौं शताब्दीमा जनवादको विकास माओवाद । यसले समाजवादसम्म लैजान्छ भन्यौं । कांग्रेसका साथीहरूले प्रजातान्त्रिक समाजवाद भने । अहिले यहाँनिर आइपुग्दा त केन्द्रीय कमिटीको बैठक नहुने, केन्द्रीय सदस्य नचिनिने, रातारात ठेकेदार केन्द्रीय सदस्य बन्ने, राप्रपाका नेताले टिकट पाउने अनि कार्यकर्ता समर्थक असहाय हुने अवस्था भयो ।

नेपाल जहाँ १ सय भन्दा बढी भाषा र जाति छन् । यस्तो देशमा समाजवाद लागू गर्दा, पार्टी बनाउँदा सामूहिक हुनुपर्छ । तर, कतिपय अवस्थामा हाम्रो कम्युनिष्ट पार्टी चाहिं एकीकृत नभएर एकल बनेको देखिन्छ– एकजनाले बोलेपछि हुने ।

समाजवादी बाटो
अब, दुई तरिकाबाट नीति बनाउन सकिन्छ । पूँजीवादी तरिकाले चारवटा बाहिरबाट पढेर आएको विशेषज्ञलाई बोलाउने । शिक्षा नीति बनाउने । अर्को, समाजवादी तरिका हो । तलसम्म छलफल गर्ने । क्यूवामा संविधान परिवर्तन गर्ने क्रममा ३५ हजार ठाउँमा एक लाख १२ हजार भन्दा बढी मिटिङ भए । जनतासँग राय लिइयो । अब हामी के ठान्दछौं भने जनताले केही जान्दैन ।

चुनावमा समाजवाद आँगनमै आए जसरी प्रचार गरियो । समाजवाद यसरी आउँदैन । समाजवादमा जनताको पहलकदमी स्वतन्त्र हुनुपर्छ ।

हामीकहाँ मजदुर किसान छन् । सबैभन्दा बढी जनसंख्या अटाएको कृषि छ । जबसम्म त्यहाँका कृषकलाई राज्यको नीति बनाउने ठाउँमा ल्याउँदैनौं । छलफलमा सहभागी गराउँदैनौं । उनीहरूको राय लिँदैनौं तबसम्म समाजवादको निर्माण गर्न सक्दैनौं ।

मार्क्सले सर्वहारा वर्गलाई भरोसा गरेजस्तै हामीले भरोसा गर्ने वर्ग भनेको मजदुर किसान नै हो । जब उनीहरूलाई लाग्छ मेरो राय लिएर राज्यले नीति बनाएको छ । त्यसपछि उसमा उत्साह आउँछ । अनि उसले नेपाल फेरिदिन्छ ।

मैले प्रतिनिधिलाई भनिरहेको छु– नारायणघाटका शिक्षक र पर्साका शिक्षकलाई कक्षा दिन भन्नुस् । यहाँकालाई उता पढाउन लगाउनुस् । किनभने, शिक्षकको जागिर पाएदेखि उसले पढेकै छैन । दुई महीना समय दिनुस् । तपाईंले असोजमा पर्सामा गएर कक्षा दिनुपर्छ । त्यहाँ बीएड गरेका, एमएड गरेका पनि हुन्छन् भनेपछि उसले श्रीमतीलाई भन्न थाल्छ– त्यो मेरो अर्थशास्त्रको किताब कहाँ छ ?

हिन्दु धर्ममा मान्छे मरेपछि उसको दुर्गुणको चर्चा हुँदैन । बाउ जुवाडे थियो । दुर्व्यसनी थियो पढाएन, तरपनि तर्पण दिनुपर्छ । उनको कुनै आलोचना हुँदैन, समीक्षा हुँदैन । किनभने, पितृ परमेश्वर भए । के हाम्रो सिद्धान्त पनि परमेश्वर नै भएको हो ? जबज के बाइबल नै भएको हो ? एक्काइसौं शताब्दीको जनवाद माओवादीको दस्तावेज र कांग्रेसको प्रजातान्त्रिक समाजवाद पनि कुरान हो ?

कम्युनिष्ट पार्टीका नेताले माछा बेच्नुस्, सुँगुर पाल्नुस्, छुर्पी बेच्नुस्, सब्जीको खेती गर्नुस् तर, मान्छे बिगार्ने काम नगर्नुस् । तपाईंले शिक्षा र स्वास्थ्यमा लगानी गर्दा देशको डेमोग्राफी नै बिग्रियो । वास्तविक गरीबका छोराछोरी पढ्ने स्कूल, उपचार गराउने थलो नष्ट भयो खत्तम भयो । त्यसो हुनाले अहिले प्राथकिता दिनुपर्ने विषय पनि त्यही हो ।

स्वास्थ्य शिक्षा र रोजगारी । कम्युनिष्टलाई कांग्रेस भन्दा बलियो बनाएको पनि यसै कारण हो । शिक्षालाई जनवादी बनाउँछु भन्यौं । स्वास्थ्य सबैको पहुँचको विषय बनाउँछु भन्यौं र रोजगारीका कुरा गर्‍यौं । अहिले आएर टावर बनाउने, बेलुन उडाउने यस्ता कुरा आउन थाल्यो । जनता छक्क परेका छन् ।

समाजवाद भनेको मानवमैत्री छ । पूँजीवादले जस्तो हरेक कुराको दोहन गर्दैन, यसले । पृथ्वीको दोहन पनि ठिक्कले गर भन्छ । मार्क्सवादले सिकाएको कुरा के हो भने मानिस पनि प्रकृतिको एउटा अंश हौं । हामी मालिक होइनौं, यो संसार किरा फट्याङ्ग्रा सबैको हो । बानी, तौरतरिका फेरेनौं भने संसारमा कुनै पनि प्राणी बाँच्दैन, प्राणी बाँच्दैन भने हामी कसरी बाँच्छौं त ?

समाजवाद अवश्यंभावी छ । समाजवाद वा मृत्यु, समाजवाद वा विनाश, समाजवाद वा सत्यानास ।

बढी कुरा अमेरिकाको गर्छौं । अमेरिकाको नयाँ पिढी आज बाटो खोजिरहेका छन् । बर्नी स्यान्डर्स भन्ने एक बूढो समाजवादीलाई सबैभन्दा बढी भोट त्यहाँका युवाले दिए । बेलायतमा त्यहाँका युवाले जेरेमी कोर्बिनलाई भोट दिए । किनभने, पूँजीवादले केही पुर्‍याएन, सन्तुष्टि दिन सकेन, आनन्द दिएन ।

क्यूवा । जो, समाजवाद वा मृत्यु भनेर बसिरहेका छन् । जहाँ फस्र्ट, सेकेन्ड भन्ने अवधारणा नै छैन । त्यसलाई फिनल्याण्डले पनि कपी गरेको छ । उनीहरू के मान्दछन् भने हरेक बालबालिकासँग बेग्ला–बेग्लै प्रतिभा छ । कोही सितार बनाउन जान्दछ, कोही बजाउन । कोही सिकर्मीमा राम्रो छ । कोही तस्वीर खिच्न, कोही कविता लेख्न, कोही पत्रकारिता र राम्रो शिक्षक बन्न सक्छन् ।

 मान्छेको आनन्द सहकार्यमा छ । महाकवि देवकोटा भन्छन्– “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ।” अहिले पनि हाम्रो अगाडि सधैंभरि युनिफर्ममा देखिने बाक्लो खद्दरको कोट लगाएको माओत्से तुङ र चार जोर मात्रै लुगा भएका लेनिन हाम्रो आदर्श भएर उभिएका छन् । अहिले ६०\७० जोर सुट लगाउनेहरूको हालत के हुन्छ त ?

रोमानियामा ११ वर्षको उमेरदेखि पर्चा छर्दै हिँडेको, पार्टीको महासचिव बनेको र त्यसपछि राष्ट्रपति बनेका कम्युनिष्ट पार्टीको नेता चाउचेस्कुलाई गोली हान्न ‘लट्री’ नै खोल्नुपर्‍यो । किनभने, हरेक रोमानियन उनलाई मार्न चाहन्थे । कम्युनिष्ट आन्दोलनमा चाउचेस्कु पनि जन्मिन्छन्, लेनिन पनि जन्मन्छन् ।

कम्युनिष्ट पार्टीसँग अगाडि जाने बाटो मार्क्स र लेनिनको किताबबाट आउँदैन । त्यो बाटो तपाईं र हाम्रो बीचबाट तयार हुन्छ । कुनै नेताको दिमागबाट झर्ने कुरा होइन । ८ लाख कार्यकर्ता र ती कांग्रेसहरू (जो प्रजातान्त्रिक समाजवादका पक्षधर छन्) समेत सामेल गराएर बहस र छलफल गरौं । त्यो मन्थनबाट विष पनि निस्कन सक्छ, अमृत पनि । त्यो मन्थन नगरेसम्म नेपालको अगाडि जाने बाटो निस्किदैंन ।

जो जहाँ छ त्यहींबाट समाजवादी आन्दोलनबारे बहस र छलफल शुरु गरौं । तलको परिवेश आलोचनात्मक बन्यो भने नेताहरूको होस खुल्ला । अन्त्यमा, राजा महेन्द्रको छोरा ज्ञानेन्द्र । उनलाई समेत पाँच वर्ष पनि राजा भएर बस्न दिएनन्, जनताले । हामी मजदुर, किसानका कुरा गर्नेले राजा बनेको ‘स्वाङ’ पार्न थाल्यौं भने जनताले कति दिन बस्न देलान् ?

(पाठशाला- वीरगन्ज स्टडी सेन्टरले १२ साउनमा वीरगञ्जमा आयोजना गरेको ‘नेपालमा समाजवाद : एक विमर्श’ कार्यक्रममा नेकपा नेता राम कार्कीद्वारा व्यक्त विचारको सम्पादित अंश)

प्रस्तुति : सुरेश बिडारी

 

 घनश्याम भूसालको विश्लेषण– राजा हिंडेकै बाटोमा दलहरू (समाजवाद–विमर्श)

 प्रदीप गिरिकाे विश्लेषण- 'जो डर गया वो मर गया !' (समाजवाद–विमर्श)

प्रतिकृया दिनुहोस