पाँच जनाको हत्या र लुटपाटका घटनामा संलग्न दुई अभियुक्त पक्राउ
रुपन्देहीमा ५ जनाको हत्या र २० भन्दा बढी आपराधिक घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको सुन्दरपुर चोहर्वाका ६० वर्षीय चनरु हजारी पासवान र सर्लाहीकै बरथहवा– ५ का ४७ वर्षीय दीपक विश्वकर्मालाई प्रहरीले आज बुटवलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुका साथबाट लुटपाटमा प्रहयोग भएका औजार, सुन र चोरीका मोवाइल सेट समेत बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गर्दै ५ देखि उनीहरु रुपन्देहीमा विभिन्न आक्रमण र लुटपाटका घटनामा संलग्न रहेको जनाएको छ ।
चनरुले लुट्ने र दीपकले लुटेका गहना बेच्न सघाउने गरेको प्रहरीको दावी छ ।
मुख्य योजनाकारमध्येकै दुई फरार अभियुक्तको खोजीकार्य भैरहेको रुपन्देही प्रहरी प्रमुख रविन्द्र बहादुर धानुकले बताए ।
प्रहरीका अनुसार विशेष गरी तीज, दशैं र तिहारको मौकामा उनीहरुले रातिको समयमा आक्रमण गरी महिलाका गरगहना लुट्ने गरेका थिए ।
यसक्रममा घाइते भएका रुपन्देहीका ५ जना महिलाको मृत्यु भएको छ ।
लुटेराको आक्रमणबाट तिनपा ५ की नेत्र कुमारी बस्नेत, रुद्रपुर प्रतापपुरका चन्द्रबहादुर कुवर, देवदहकी चन्द्रकला सापकोटा, रुद्रपुर चापाकी रनमाया पुन र देवदह २ की नमकला पाण्डेको मृत्यु भएको थियो ।
चाडबाडको समयमा निरन्तर लुटपाटका एकैप्रकृतिका घटना हुने तर अभियुक्त पक्राउ नपर्ने गरेपछि इप्रका बुटवलका डिएसपी मुकुन्द मरासीनीको नेतृत्वमा अनुसन्धान शुरु भएको थियो ।
दीपक ज्ञवाली,बुटवल