न्यायाधीश योगी हुन: प्रधानन्यायाधीश
प्रधानन्यायाधीश सुशीला कार्कीले दबाब र प्रभावमा न्याय दिन कठिन हुने बताएकी छन् ।
जिल्ला अदालत, चितवनले २७ मंसिरमा आयोजना गरेको ‘मुद्दाको समय तालिका, टिपोट, सूचना प्रवाह, सेवाग्राहीसँग व्यवहार, सोधपुछ तथा सहायता कक्षको व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया उनले न्यायाधीशले साहस र प्रयास गरेर जनतालाई भलो र न्याय दिनुपर्ने बताए ।
न्यायपालिका अग्रगमनतर्फ गइरहेको बताउँदै उनले अभावै अभाव भए पनि जनतालाई छिटोछरितो र गुणस्तरीय न्याय दिन न्यायाधीशलाई आग्रह गरिन । उनले भनिन् “न्यायाधीश सन्यासी हुन्छन्, योगी नै हुन्, योगीलाई संसारिक मोह हुँदैन, उनीहरुले अरुको भलो मात्रै चाहन्छन् ।”
मुद्दा फैसलापछि हृदयाघात भएर मानिसको मृत्युसमेत भएको आफैँले देखेको बताउँदै उनले भनिन्, “विवेक राखेर फैसला गरिएन र अलिकति पनि तलमाथि भयो भने व्यक्तिको जीवन नै बर्बाद हुन सक्छ, परिवार बिग्रन सक्छ, सम्पत्ति जान्छ, उसको चित्त दुख्छ ।” कोही अन्यायमा परे उसको श्रापसमेत लाग्ने बताउँदै उनले यस्तो स्थिति आउन नदिन न्याय दिँदा विचार पु¥याउनुपर्नमा जोड दिइन ।