ग्लोबल टी–२० मा सन्दीप बलिङ गर्दै
ग्लोबल टी–२० मा दोस्रो पटक खेलिरहेका सन्दीप लामिछाने मैदानमा उत्रिएका छन् । सन्दीपको टीम टोरन्टोको चौंथो खेलमा सन्दीप पहिलो पटक प्लेइङ इलेभेनमा परेका हुन् ।
सन्दीपको टीम अहिले ब्रम्प्टनविरुद्ध मैदानमा छ । सन्दीपको टीमले टस जितेर फिल्डिङ रोजेको छ ।
यस अगाडि टी–२० एसिया छनोट खेल परेकाले सन्दीपले खेल्न पाएका थिएनन् । तेस्रो खेलमा सन्दीप क्यानडा पुगेपनि टोरेन्टोले सन्दीपलाई खेलाएका थिएनन् ।
सन्दीपलाई टोरन्टो नेसनन्सले ६० हजार अमेरिकी डलरमा अनुबन्धित भएका हुन् ।
नेपाल अलराउण्डर सोमपाल कामी पनि ग्लोबल टी–२० मा पहिलो पटक छनोट भएका छन् । तीन हजार अमेरिकी डलरमा विनिपेगमा आवद्ध सोमपालले अहिलेसम्म प्लेइङ इलेभेनमा स्थान बनाउन सकेका छैनन् ।