रेखा थापा राप्रपामा प्रवेश
संविधानसभा निर्वाचनताका माओवादीबाट सभासदको उम्मेदवार बन्ने चर्चामा रहेकी नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । उनलाई राजधानीमा २७ मंसिरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले रेखालाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका हुन ।
राप्रपाको विचार मन परेर प्रवेश गरेको नायिका थापाले बताइन । पार्टी प्रवेश कार्यक्रममा उनले भनिन्, “म हिन्दू नारी हुँ र राष्ट्रवादी केटी भएकाले राप्रपामा प्रवेश गर्न पाउँदा निकै ‘एक्साइटेड छु ।
राप्रपा आफ्नो पहिलो र अन्तिम राजनीतिक घर भएको उनको भनाई छ । यसअघि माओवादीबाट सभासदमा उम्मेदवार बन्ने चर्चा भए पनि अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको बताईन् ।
चलचित्र हीरो बाट अभिनय यात्रा प्रारम्भ गरेकी थापाले वरमाला, सहारा, मेरो एउटा साथी छ, दमदार, कवच, हाम्रो माया जुनी जुनीलाई, साथी म तिम्रो, ए पण्डित बाजे, मितिनी, जीवन रेखा, हामी तिन भाई, क्रोध, नसिब आफ्नो, बाटुली, किस्मत, बाटो मुनिको फूल, तोड, कसले छोयो मेरो मन, हिफाजत, खुशी, इसारा, मेरो जीवन साथी, अन्दाज, लंका, रावण, काली, भिर, हिम्मतवाली, तथास्तु लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।