सुनको मूल्य अहिलेसम्मकै महँगो
आज सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार प्रतितोला ६५ हजार ८ सय पुगेको जनाएको छ ।
बुधबार ६५ हजार ४ सय भएको मूल्य घटेर बिहीबार ६५ हजार पुगेको थियो । तर, शुक्रबार एकै दिन आठ सय बढेको हो ।
तेजाबी सुन पनि मूल्य बढेको छ । बिहीबार ६४ हजार ७ सय रुपयाँ प्रतितालामा कारोबार भएकोमा शुक्रबार प्रतितोला ६५ हजार ५ सय पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको महासंघले जनाएको छ । स्थीर रहेको चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।