शेयर धितो राखेर पनि घर किन्न कर्जा
मुक्तिनाथ विकास ब्यांकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता’ नारासहित आवास कर्जाको नयाँ योजना सार्वजनिक गरेको छ ।
यसअन्तर्गत, ग्राहकहरुले घडेरी खरिद, घर निर्माण, विस्तार, मर्मत सुधार एवं फर्निसिङका लागि २० वर्षसम्म अवधिको कर्जा पाउनेछन् ।
ब्यांकले धितो राखेको शेयर मूल्यको ६५ प्रतिशतसम्म कर्जा दिने १ वर्ष अवधिको शेयर कर्जा योजना पनि सञ्चालनमा ल्याएको छ ।