बस दुर्घटनामा पाँचको मृत्यु
तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडक खण्ड अन्तर्गत गढीभिरमा आज बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
तीन जनाको घटनास्थलमै र दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी २६ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
धरानवाट म्याङलुङका लागि छुटेको ना. ४ ख. २८६५ नंको बस गढीभिरको सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेको उद्धार गरिरहेका छन् ।
घाइतेहरुको उद्वार भइरहेकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय, तेह्रथुमका असई भीम कटुवालले जानकारी दिए ।
लक्ष्मी गौतम, फिदिम