नवलपरासीमा राजमार्ग अवरुद्ध, पुल भाँचियो
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली—१२ दलदलेस्थित बौलाहा खोलाको पुलमा भाँचिदा राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको ना ६ ख ३०१७ नम्बरको ट्रकले पुललाई ठक्कर दिदा पुल झोलुङ्गो जस्तो बनेको छ ।
पुल भाँचिएपछि राजमार्गमा यात्रुबहाक बस र मालबाहक ट्रकहरु अलपत्र बनेका छन् ।
साना हल्ला सवारी साधन भने पुल भाँचिएको भाग भन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका डिएसपी राजेश थापाले जानकारी दिए ।
बौलाहा खोलामा डाइभर्सन निर्माण गरेर मात्र सवारी साधनलाई आवात जावत गराउन सकिने उनले बताए ।
पुल भाँचिएपछि पूर्व पश्चिम राजमार्गको रजहर र कावासोती सम्म सवारी साधनको लाम लागेको छ ।
भरतपुर कलेज पढ्न जाने बिद्यार्थी समेत रोकिएको बिद्यार्थी झलक पौडेलले बताए ।
बिहान १० बजे सम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ ।