सरकारले ब्युँतायो विवादित सांसद विकास कोष
_1685360226.jpg)
सांसद विकास कोष भनेर चिनिने आलोचित कार्यक्रमलाई सरकारले ब्युँताएको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेटले हरेक निर्वाचन क्षेत्रमा सांसद मार्फत परिचालन हुने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम शुरू गर्ने घोषणा गरेको छ। जस अनुसार हरेक निर्वाचन क्षेत्रमा पाँच करोड विनियोजन गरिनेछ।
यो कार्यक्रमका लागि रु.आठ अर्ब २५ करोड विनियोजन गरिएको छ। हरेक निर्वाचन क्षेत्रमा कम्तीमा रु.एक करोड लगानीका आयोजना अघि बढाइने बजेटमा उल्लेख छ।
विगतमा लामो समयदेखि सञ्चालित यस्तो प्रकृतिको कार्यक्रमको रकम दुरुपयोग भएको र छरछार भएको भनी आलोचना हुँदै आएको थियो। स्रोत व्यवस्थापनमा चाप परेको र आर्थिक सङ्कटका वेला सरकारले फेरि विवादित कार्यक्रम ब्युँताएको हो।