स्वास्थ्यका लागि ८३ अर्ब बजेट
सरकारले स्वास्थ्य मन्त्रालयका लागि रु.८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले संसद्मा बजेट पेश गर्दै स्वास्थ्यका लागि रु.८३ अर्ब बजेट विनियोजन गरेको बताएका हुन्। चालू आर्थिक वर्षको तुलनामा स्वास्थ्यको बजेट १८.७ प्रतिशतले घटेको छ।
चालू आर्थिक वर्षमा स्वास्थ्यका लागि रु.एक खर्ब तीन अर्ब १८ करोड बजेट विनियोजन गरिएको थियो।