आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने

आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदै छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदै छ। संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आज साँझ ६ बजे अर्थमन्त्री प्रकाशशरण महतले बजेटको प्रति टेबल गर्नेछन्।
अर्थमन्त्री महतले संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन्।
संविधान अनुसार जेठ १५ गते बजेट ल्याउनैपर्ने प्रावधान छ। यसअघि सरकारले जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको थियो। नीति तथा कार्यक्रम शनिबार नै पारित भइसकेको छ।