समाचार आइतबार, साउन ५, २०७६

साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात सदस्य थप्याे

रासस

साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ ।

तस्वीर : साझा पार्टीकाे फेसबूकबाट 

पार्टीको केन्द्रीय कार्यालय, बखुण्डोलमा आइतबार बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो ।

नयाँ सदस्यहरुमा कीर्ति तुलाधर, सुमित्रासिंह लामा, नारायण कोइराला, विकल शेरचन, रोहित थापा, भीमप्रसाद अधिकारी र विकु लामा रहेको पार्टी प्रवक्ता डा सूर्यराज आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सदस्य थपिएसँगै साझा पार्टीको केन्द्रीय समिति ३३ सदस्यीय भएको छ ।

साझा पार्टीले देशैभरिबाट उल्लेख्य सङ्ख्यामा महिला र युवालाई पार्टीको केन्द्रीय समितिमा छिट्टै सामेल गर्ने जनाएको छ ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले विविध क्षेत्रमा उपलब्धि हासिल गरेका फरक पृष्ठभूमिका व्यक्ति पार्टी निर्माणमा संलग्न हुनुले आम नागरिकमा पार्टीप्रतिको आशा र विश्वासलाई पुनः पुष्टि गरेको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस