सिभिल ब्याङ्कलाई आईएसओ प्रमाणपत्र
सिभिल ब्याङ्क लिमिटेडले आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा आईएसओ सर्टिर्फिकेसनको आधिकारिक संस्था यूनाइटेड रजिष्ट्रेसन अफ सिस्टम (यूआरएस)का नेपाल प्रतिनिधि प्रकाश पौडेलले ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
आईएसओ प्रमाणपत्र कुनै पनि संस्थाले आफ्नो सेवा ग्राहक केन्द्रित बनाएको र उत्कृष्ट सेवा प्रवाह गरेको प्रमाण हो ।
प्रमुख कार्यकारी अधिकृत गुरुङले आईएसओ प्रमाणिकरणले ब्याङ्कलाई थप जिम्मेवार बनाएको बताएका छन् । साथै आगामी दिनमा प्रविधिको प्रयोगमार्फत् डिजिटल ब्याङ्किङमा जोड दिने र सेवा, सुविधालाई परिस्कृत गर्दै जाने प्रतिबद्धता जनाएका छन् । ब्याङ्कका देशभर ९६ शाखा छन् ।