थप समाचार, ० , ०

चुलाको सेरोफेरो

(फाेटाे-एसे) भाेजन भ्रमण २०७६ : लाेक परिकार विशेष

रुपा जोशी

जागीरको सिलसिलामा मुलुक घुम्दा प्राकृतिक छटाका साथै घरहरूका भान्सामा पनि मेरो रुचि रहन्थ्यो । म पाएजति भान्साका तस्वीर खिच्थें । 

अक्सर शहर र छेउछाउ ग्यास चुलोमा खाना पकाइन्थ्यो भने दूरदराजमा दाउरा वा गुइँठामा । कतैकतै मात्र सुधारिएको चुलो भेटिन्थे ।

ठाउँ अनुसार रातोदेखि खैरो माटोले लिपिएका, एक–दुई–तीन मुखे त्यस्ता चुलामा पाकेको खानाको स्वादै बेग्लै हुन्थ्यो । बिजुली नपुगेका घरहरूमा त त्यही अँगेनाकै रापले कोठा उज्यालो पार्थ्याे । 

हुम्लाको थाया गाउँमा सुधारिएको चुलोमा बिहानको खाना पकाउँदै एक आमा ।

पहाड होस् या तराई, भान्सामा महिला नै देखिन्थे । यसमा ‘घरको काम महिलाको’ भन्ने मानसिकताले पनि घर गरेको हुनसक्छ ।

तर, बाटोछेउका होटल र चियापसलका चुलो वरिपरि महिला पुरुष दुवै भेटिन्थे । मिठाई बनाउने होटल, पसलका चुलाको अगुवाइ तराई मूलका पुरुषले गरिरहेका देखिन्थे । यसो हेर्दा ‘अनुत्पादक’ पकाइमा महिला, पैसा आउने ‘उत्पादक’ पकाइमा भने पुरुष ! 

 

दाङमा खाजाको लागि मकै भुट्न व्यस्त आमा–छोरी ।

मेरा यी तस्वीरहरू केही वर्ष अघिका हुन् । हुनसक्छ, म फेरि त्यहीं पुगे भने विदेशिएका पुरुषको ठाउँमा घरमूली हुन बाध्य महिलाहरूले ‘उत्पादक’ पकाइ गरिरहेका होलान् ।

रेमिटेन्स, बसाइँसराइ, रहर, बाध्यता– अनेकन् कारणले हिजो यी तस्वीरमा जे देखिए, आज नदेखिन सक्छन्, भान्साका स्वरुप पनि बदलिइसकेका हुनसक्छन् ।

तर, यिनले केही हदसम्म भए पनि हाम्रो खानपिन संस्कार, आर्थिक–सामाजिक स्तरको झल्काे दिनेछ । 

पढ्नुहाेस्
लोक परिकारको स्वाद

जोगाऔं स्वाद सम्पदा

सात प्रदेश साझा परिकार

नेपालगञ्जमा ग्यासको चुलोमा बनाइएको चिया गिलासमा हाल्दै महिला ।
सप्तरीमा सुकेको गोबरको गुइँठामा भन्टा पकाउँदै महिला ।
अछामको ठूलासैनमा चिया दिने तरखरमा महिला ।
अछाम, मंगलसेनमा चिया बनाउँदै पुरुष ।

अछाम, मंगलसेनको होटलको भान्सामा जेरी बनाउँदै मधेशी कुक ।

 

मुगुको लुमा गाउँमा बत्ती र हीटर दुवैको काम गर्ने अँगेनामा रोटी पकाइँदै ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस