एनआईसी एशिया ब्याङ्क र ग्राण्डी अस्पतालबीच सम्झौता
एनआईसी एशिया ब्याङ्क लिमिटेड र काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल प्रा.लि.बीच सम्झौता भएको छ ।
सम्झौताअनुसार ब्याङ्कका कर्मचारी, डेबिट एवम् क्रेडिट कार्डवाहक तथा अन्य ग्राहकलाई ग्राण्डीको विभिन्न सेवा सुविधामा ७.५ प्रतिशतसम्म छूट उपलब्ध हुनेछ ।
सम्झौतापत्रमा ब्याङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र अस्पतालका मार्केटिङ तथा विजनेश डेभलपमेन्ट विभाग प्रमुख दिनेश पौड्यालले हस्ताक्षर गरेका छन् ।
एनआईसी एशिया ब्याङ्कका २९१ शाखा, ३०२ एटीएम, ४७ एक्स्टेन्सन काउण्टर एवम् ४१ वटा शाखारहित ब्याङ्किङ इकाई छन् ।