टिच फर नेपाललाई हिमालयन ब्याङ्कको सहयोग
हिमालयन ब्याङ्क लिमिटेडले टिच फर नेपाललाई पाँच लाख आर्थिक सहायता प्रदान गरेको छ ।
ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
टिच फर नेपालले ६ जिल्लाका ६७ वटा सामुदायिक विद्यालयमा २७० जना स्वयंसेवक शिक्षकमार्फत् विज्ञान, गणित, अंग्रेजी लगायतका विषयहरु पढाइरहेको छ । यसबाट करीब ३० हजार विद्यार्थी लाभान्वित भएका छन् ।
हिमालयन ब्याङ्कका देशभर ५९ शाखा र १२१ एटीएम छन् ।