समाचार आइतबार, असार २९, २०७६

आपूर्ति थप सहज बनाउन चेम्बरको आग्रह

रासस

नेपाल चेम्बर अफ कमर्सले बाढीपहिरो तथा डुबान पीडितको सहयोगका लागि दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई थप सहज बनाउन उद्यमी–व्यवसायीलाई आग्रह गरेको छ ।

चेम्बरले आज विज्ञप्ती जारी गरी खाद्य वस्तुलगायतका अति आवश्यक वस्तुको नियमित आपूर्ति व्यवस्था सहज, सरल र सुगम बनाउन पनि आग्रह गरेको हो ।

सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गरिने व्यवस्था गरेकोले सोही अनुसार कार्यान्वयन गर्ने चेम्बरको विश्वास छ ।

विपदमा परी ज्यान गुमाउनेप्रति शोक व्यक्त गर्दै चेम्बरले घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिकृया दिनुहोस