राजीनामा गर्न दबाब आएको बताउँदै बालेनले भने- यो देश कहिले पनि बन्दैन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई राजीनामा दिन दबाब आएको जिकिर गरेका छन्।
मेयर बालेनले शनिबार अपराह्न सामाजिक सञ्जाल मार्फत यस्तो अभिव्यक्ति दिएका हुन्। मेयर साहले भनेका छन्, “मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दै छन्।”
उनले कसले किन राजीनामा गर्न दबाब दिएका छन् भन्ने खुलाएका छैनन्। बरु उनले देश नबन्ने जिकिर गरेका छन्।
काठमाडौंका मेयर बालेनले लेखेका छन्, “यो देश कहिले पनि बन्दैन।”
मेयर साहको भेरिफाइड अकाउन्टबाट शनिबार अपराह्न ३ बजे पोस्ट गरिएको छ।
