जनमोर्चाले रामचन्द्र पौडेललाई भोट दिने
राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई भोट दिने भएको छ।
आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। राष्ट्रपति निर्वाचनको कुल ५२ हजार ६२८ मध्ये जनमोर्चाको मतभार २०६ छ।
कांग्रेसबाट पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन्।