कार्यकर्तालाई बाढी पहिराे पीडितकाे उद्धारमा लाग्न कांग्रेसकाे निर्देशन
नेपाली कांग्रेसले बाढी, पहिरो र डुबानबाट पीडितको उद्धारमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले राहत र उद्धारमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएको हो ।
साथै उद्धार र राहतको कार्यमा राज्यका सबै निकायहरुलाई युद्धस्तरमा परिचालन गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेसले प्राकृतिक विपतको समयमा उच्च सर्तकता अपनाउन र एकजुट भई विपत व्यवस्थापनमा जुट्न सबैलाई अपिल गरेको छ ।
बैठकले बाढी र पहिरोका कारण नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको छ ।
वर्षाका कारण शुक्रबार बेलुकासम्म १६ जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन् । त्यस्तै हजारौं प्रभावित भएको गृहमन्त्रालयले जनाएको छ ।