टर्कीमा शक्तिशाली भूकम्प
टर्कीको दक्षिण-पूर्वीमा रहेको गाजियनटेप शहर नजिकै केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार‚ स्थानीय समय अनुसार बिहान ४:१७ बजे गाजियनटेप शहर नजिक १७.९ किलोमिटर (११ माइल) गहिराइमा ७.८ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पले टर्कीका १० शहर प्रभावित भएको अधिकारीहरूले बताएका छन्। भूकम्पको धक्काले दर्जनौं भवन भत्किंदा कम्तीमा १७ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ। हजारौं मानिस प्रभावित भएको बताइएको छ।
छिमेकी मुलुक सिरियाको सीमावर्ती क्षेत्रमा भूकम्प गएकाले सिरिया र लेबनानमा पनि असर परेको बताइएको छ।