योजना आयोगमा तीन सदस्य नियुक्त
सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को माघ १६ गते बसेको बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।
आयोगको उपाध्यक्षमा यसअघि नै मीनबहादुर श्रेष्ठ नियुक्त भइसकेका छन्।