प्रधानमन्त्री कार्यालयको वेबसाइटमा रवि लामिछाने नै उपप्रधानमन्त्री
सर्वोच्च अदालतको फैसलापछि पदमुक्त रवि लामिछानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अझै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीकै रूपमा राखेको छ।
माघ १४ गते अपराह्नसम्म पनि प्रधानमन्त्री कार्यालयले आफ्नो वेबसाइटमा लामिछानेलाई उपप्रधानमन्त्री र गृहमन्त्रीकै हैसियत दिएको छ। जबकि, राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि नै गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेकी छन्।
अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै माघ १३ गते सर्वोच्च अदालतले लामिछाने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न अयोग्य रहेको ठहर गरेको थियो। सर्वोच्चको फैसलापछि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री, सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका थिए।