संसद भवनअगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको मृत्यु
काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनअगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ।
मंगलबार दिउँसो शरीरमा पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
सूर्योदय नगरपालिका-११ केराबारीका ३६ वर्षीय आचार्यले आत्मदाह प्रयास गर्नुअघि फेसबूकमा ‘सुसाइड नोट’ लेखेका थिए। उनले उक्त नोट ‘आत्मवृतान्त र असफलताको कथा’ कथा भएको उल्लेख गरेका छन्। त्यसमा आफूले पढ्दा‚ जागीर खाँदा‚ वैदेशिक रोजगारीमा जाँदा साथै व्यापार व्यवसाय गर्दा भोगेका समस्याहरू उल्लेख गरेका छन्।