बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ।
मंगलबार दिउँसो २:४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। बाजुरा सहित छिमेकी जिल्लामा भूकम्पको धक्का महसूस गरिएको बताइएको छ।
भूकम्पले पुर्याएको क्षतिबारे यकीन विवरण आउन बाँकी छ।