विश्वव्यापी काेराेनाभाइरस महामारी

५४५८६६९

हालसम्म संक्रमित

२२८४८४२

निको भएका

३४५१६६

मृत्यु हुनेको संख्या

नेपाल

६०३

जम्मा संक्रमित

८७

निको भएको

मृत्यु

अपडेटः आइतबार, ११ जेठ २०७७ । ११:०० बजे राति | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार विहीबार, असार २६, २०७६

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालककाे मृत्यु

हिमालखबर

झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको बिहीबार मृत्यु भएको छ ।

मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रतुवामाई–१ का गोल्छा महतोका छोरा रोशन स्थानीय ज्ञानोदय माविमा कक्षा एलकेजीमा अध्ययनरत थिए । बालकको शवपरीक्षणका लागि दमक अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाको प्रवक्त मेहन्द्रकुमार श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस