बेंसी झर्ने लर्को
- प्रकाश सिंह
जाडो छल्न बेंसी झरेका सुदूर र मध्यपश्चिमको हिमाली भेगका स्थानीयको यताको जीवन पनि सहज भने छैन।
बाजुरा, पाण्डुसैन–७ अगाउनीपानीका हस्त गुरुङ पाँच जनाको परिवारसहित भेडा, बाख्रा, गाई, गोरु लिएर अछाम झरेका छन्। “अब सहनै नसक्ने जाडो शुरू हुन्छ, त्यसैले बेंसी झ्रेका हौं”, उनी भन्छन्।
हुम्ला, डाँडाफयाका नन्द शाही हिउँदको चिसोमा बाँच्न र भेडा पाल्नसमेत सकस हुने भएकाले एक हप्ता लगाएर अछाम आएको बताउँछन्। “चैतमा मात्रै गाउँ फर्कन्छौं”, उनको भनाइ पनि उस्तै छ।
यतिबेला बाजुरा, हुम्ला, जुम्ला र मुगुका स्थानीयहरूमा चिसो छल्न र जीविकाको जोहो गर्न बसाइँ सर्ने लर्को लागेको छ। चिसोसँगै हिमाली भेगमा हिमपात भई जाडो बढ्ने हुनाले अधिकांश भोटे जनजातिहरू सपरिवार बेंसी झ्रिरहेका छन्। बाजुराको दक्षिणी गाविस बाह्रबिस, कुल्देवमाडौ, अछाम, डोटी र सुर्खेतमा उनीहरू अस्थायी घर बनाउन व्यस्त छन्।
हुम्ला, डाँडाफयाका जुद्ध शाहीका अनुसार, 'हुम्ला र जुम्लाका अधिकांश गाविसमा हिमपातका कारण अत्यधिक चिसो हुने भएकाले मानिस हिउँदमा बेंसीतिर आउने र वर्षायाममा चीनतिर जाने गरेका छन्।'
बाजुराको कोल्टी, नुरीका सुधी रोकाय परिवार पाल्नका साथै कमाइ गर्न पनि यो मौसममा अधिकांश बस्तुभाउ सहित बसाइँ सर्ने गरेको बताउँछन्।
थुप्रै जोखिम
जाडो छल्न वर्षेनि बेंसी र्झ्ने परम्पराले बालबालिकाको पढाइ छुट्ने गरेको छ। बाजुराका जिल्ला शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मी यो बेला जिल्लाका उत्तरी भागका बिच्छ्या, पाण्डुसैन, वाई, रुगिनलगायत १२ गाविसका करीब ४०० भन्दा बढी बालबालिकाको पढाइ प्रभावित हुने बताउँछन्।
अछामतिर परिवारसँगै आउँदै गरेका बाजुराको बिच्छ्याका कक्षा १० मा अध्ययनरत मन बोगटी परिवार नै अछाम बसाइँ सरेपछि आफू पनि तल झ्रेको बताउँछन्।
“पढाइ छ, छुट्छ, खै के गर्नु”, उनी भन्छन्। पाण्डुसैनका अंग थापा पनि विद्यालय पढिरहेका चार सन्तानसहित अछामको साँफेबगर आइपुगेका छन्। भन्छन्, “तल नझ्री उपाय हुन्न, केटाकेटीको पढाइ भनेर के गर्नु?”
मौसमी बसाइँसराइका कारण बाजुराका ६४० भन्दा बढी परिवारका बालबालिकाले वर्षमा ६ महीना मात्र विद्यालयको अनुहार देख्ने गरेको भोटे जनजाति महासंघ, बाजुराका अध्यक्ष नृप थापा भोटे बताउँछन्। भन्छन्, “हुम्ला, जुम्ला र मुगुमा पनि यही अवस्था छ।”
जीविका सहज बनाउन बसाइँ सर्ने यो प्रक्रियामा विद्यालयसँगै महिला र बालबालिकाको स्वास्थ्यमा समेत असर परिरहेको छ। पाण्डुसैन–७ अगाउपानीकी २८ वर्षीया कलु थापा (भोटे) चार महीनाको छोरो लिएर कात्तिकको अन्तिम साता अछामको बुढीकोट आइपुगेकी हुन्। त्यससता उनले आफ्नो शिशुलाई कुनै पनि खोप लगाएकी छैनन्।
पाँच महीने गर्भवती अबकति थापाले पनि बाजुराबाट अछाम झरेपछि कुनै जाँच गराएकी छैनन्। हुम्ला, सरकीदेउ ३ कि २३ वर्षीय गर्भवती सीता बुढाथोकीले पनि एक महीनायता कुनै जाँच नगराएको बताउँछिन्।
जंगलको बीचमा पाल टाँगेर बस्नेहरूमाझ् स्वास्थ्य सेवाको कुनै पहुँच नभएको उनी बताउँछिन्। “अर्कोतिर खोप लगाउनुपर्छ भन्ने चेतना पनि सबैमा छैन”, उनी भन्छिन्।
बाजुराको मार्तडी–१ की ३४ वर्षीय पक्क थापा आफ्ना चार सन्तानमध्ये कसैलाई पनि खोप नलगाएको बताउँछिन्। “वर्षामा भोट जान्छौं, हिउँदमा बेंसी र्झ्छाैं, खोप भन्ने नै थाहा छैन”, उनी भन्छिन्।
पाण्डुसैनस्थित स्वास्थ्य चौकीकी अनमि मधु श्रेष्ठ अधिकांश भोटे जातिका महिला नियमित स्वास्थ्य जाँच र खोपबारे अनभिज्ञ रहेको बताउँछिन्।
संकटमा भेडापालन
न्यानो पाउन झ्रेकाहरूको बेंसीको जीवन पनि सहज भने छैन। बेंसीमा भेडा चराएबापत स्थानीय सामुदायिक वनले मनोमानी रूपमा रकम असुल्न थालेपछि भोटे समुदायको भेडापालन नै संकटमा पर्न थालेको छ।
भोटे समुदायका अगुवा जनक भण्डारी भोटे सामुदायिक वनका पदाधिकारी, नेता तथा विभिन्न समूहका कारण भेडा चराउनै समस्या परिरहेको बताउँछन्। “जति पनि पैसा माग्छन्, धम्क्याउँछन्”, उनी भन्छन्।
वनमा भेडा चराएबापत एक परिवारले रु.२० हजारदेखि रु.१ लाखसम्म तिर्नु परिरहेको मंगल थापा भोटे बताउँछन्। पहिले जस्तो खाद्यान्न ढुवानीको काम पनि नहुनु र चरिचरन पनि समस्यामा परेका कारण भेडापालन नै संकटमा परेको पाण्डुसैनका चन्द्र गुरुङको अनुभव छ।
भोटे जनजाति सेवा समितिले संकलन गरेका रसिद अनुसार वन समिति, व्यक्ति र राजनीतिक पार्टीहरूमध्ये कतिपयले चरिचरनको रसिद पनि नक्कली दिने गरेका छन्। कतिले लेटरप्याडको तलमाथि च्यातेर खाली कागजमा भर्पाई लिने गरेका छन्।