दाङमा स्तनक्यान्सर रोगको सफल शल्यक्रिया
दाङ जिल्लामा पहिलो पटक स्तनक्यान्सर रोगको सफल शल्यक्रिया भएको छ । घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा स्तनक्यान्सरको सफल उपचार भएको हो ।
अस्पतालले स्थानीय सैघा गाविस– ५ निवासी ४२ वर्षीया चन्द्रकला थापामगरको स्तनको सफल शल्यक्रिया गरेको अस्पतालका सल्यचिकित्सक डा रमेश बस्नेतले जानकारी दिए । उनका अनुसार बिरामी दुई महिनादेखि स्तनक्यान्सरबाट ग्रसित थिइन् ।
सल्यचिकित्सक डा. बस्नेत, रामपुकार शाह र स्टाफ नर्ससहितको चार जनाको टोलीले सो शल्यक्रिया गरेको थियो ।
रासस