रवि लामिछाने बने गृहमन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले लामिछानेलाई गृहमन्त्री नियुक्त गरेकी हुन्। सोमबार शीतल निवासमा आयोजित समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले उपप्रधानमन्त्रीको पनि जिम्मेवारी पाएका छन्। त्यस्तै, नेकपा (एमाले)का विष्णुप्रसाद पौडेल र नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठले पनि उपप्रधानमन्त्रीका जिम्मेवारी पाएका छन्।