दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार
मानव अधिकारकर्मी गौरीशंकरलाल दासलाई दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार प्रदान गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले दासलाई पुरस्कार प्रदान गरेका थिए। मानव अधिकारका क्षेत्रमा योगदान पुर्याउँदै आएकालाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिंदै आइएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
२०६२/६३ को जनआन्दोलनका वेला राष्ट्रिय मानव अधिकार अनुगमनकै क्रममा जनकपुरमा दयारामलाई प्रहरीले चलाएको गोली लागेको लागेको थियो। उनको उपचारको क्रममा निधन भएको थियो।