अग्रज पत्रकार ढकालको निधन
झापाका अग्रज पत्रकार मदन ढकालको निधन भएको छ ।
मृगौला र मधुमेहबाट पीडित ६७ वर्षीय पत्रकार ढकालको २३ मंसिर राति १२ बजे झापाको बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।
चार दशकदेखि पत्रकारितामा निरन्तर क्रियाशिल पत्रकार ढकाल झापा बिर्तामोडबाट प्रकाशित पुर्वाञ्चल दैनिकको प्रधान सम्पादक थिए । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य ढकालले भारतको पश्चिम बंगालमा रहेर पनि पत्रकारिता गरेका थिए ।
झापा बिर्तामोड नगरपालिका–१ निवासी पत्रकार ढकालका पत्नी, एक छोरा र चार छोरी छन् ।