‘हाम्रो कानूनी इतिहासको नालीबेली’ पुस्तकलाई कानून व्यवसायी पुरस्कार
सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीको पुस्तक हाम्रो कानूनी इतिहासको नालीबेलीलाई यस वर्षको नेपाल कानून व्यवसायी परिषद् पुरस्कार प्रदान गरिने भएको छ।
नेपाल बार काउन्सिलले आर्थिक वर्ष २०७८/०७९ मा प्रकाशित पुस्तकहरूमध्ये वस्तीको पुस्तकलाई सर्वोत्कृष्ट ठहर गर्दै पुरस्कृत गर्न लागेको हो। २९औं परिषद् दिवसको अवसरमा कात्तिक २५ गते पुरस्कार वितरण गरिने परिषद्ले जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको पूर्व सदस्य समेत रहेका वस्तीले एक हजार ५६ पृष्ठको पुस्तकमा नेपाली कानूनी इतिहासको साङ्गोपाङ्गो केलाएका छन्। पुस्तकमा ७० वटा ऐतिहासिक अभिलेख, कानूनी इतिहासका २५ मिथक लगायतका विषय छन्।