मणिग्राममा सनराइज ब्याङ्क
सनराइज ब्याङ्कले रुपन्देहीको मणिग्राममा शाखा स्थापना गरेको छ ।
शाखाको आज तिलोत्तमा नगरपालिकाको मेयर वासुदेव घिमिरे र ब्याङ्क संचालक समितिसदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरे ।
मणिग्राससँगै सनराइज ब्याङ्कको १११ वटा शाखा पुगेको छ ।
सनराइजले नेपाल भर ३६ वटा शाखारहित ब्याङ्किङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२५ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरेको जनाएको छ ।
नेपालका अन्य ठाउँहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको ब्याङ्कले जनाएको छ ।