कालिकोटमा बम विस्फोटमा परेर दुई बालिकाको मृत्यु
कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर १० रानावाडामा बम विस्फोट हुँदा दुई बालिकाको मृत्यु भएको छ।
चार वर्षीया झरना थापाको घटनास्थलमै ज्यान गएको तिलागुफा–९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले जानकारी दिए। त्यस्तै, चार वर्षकै सरस्वती रानाको उपचारका क्रममा मृत्यु भएको हो।
घटनास्थल पुगेका अध्यक्ष रोकायाका अनुसार, तीन जनामा गम्भीर घाइते भएका छन्। ७ वर्षीय कमल थापा, ५ वर्षीया मुस्कान थापा र ३ वर्षीया दर्शना राना घाइते भएका हुन्। उनीहरूको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
बम नयाँ हो कि पुरानो भन्ने स्पष्ट भइनसकेको रोकाया बताउँछन्। जिल्ला प्रहरी कार्यालयका एक प्रहरी भने बम माओवादी द्वन्द्वकालको ‘ल्यान्डमाइन’ हुन सक्ने बताउँछन्।