सीमा क्षेत्रबाट हतियारसहित एक पक्राउ
नेपालबाट भारत तर्फ कटुवा पेस्तोल लिएर गैरहेको एक जनालाई भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
नेपाल भारत सीमा क्षेत्र अन्र्तगत जिल्लाको मर्जादपुर सीमा नाका पार गरी भारतीय बजार खुनुवा तर्फ जाने क्रममा २७ वर्षीय अनिल चौधरी हतियार सहित पक्राउ परेका हुन् ।
चौधरीलाई चेकजाँचका क्रममा सीमा क्षेत्रबाट पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीले कपिलवस्तु नगरपालिका वडा नं. ७ सागरटोल वस्दै आएको बताएका छन् । एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित
पक्राउ परेका चौधरीबारे थप अनुसन्धान भैरहको भारतीय प्रहरीले जनाएको छ ।
गोपाल भण्डारी, कपिलवस्तु