एकीकृत समाजवादीका डोल्पा अध्यक्ष एमाले प्रवेश

नेकपा (एकीकृत समाजवादी)का डोल्पा जिल्ला कमिटी अध्यक्ष नन्दसिंह बुढा सहित करीब ६० जना नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
कर्णाली प्रदेशका पूर्व पर्यटन मन्त्री बुढा सहित जिल्ला कमिटी, प्रदेश कमिटीका सदस्यहरू असोज १३ गते पूर्व पार्टी एमालेमा फर्केका हुन्। जिल्ला कमिटीका ४० सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू र नगर र गाउँपालिका कमिटीका सदस्यहरू गरी ६० भन्दा बढी कार्यकर्ता पार्टीमा फर्केको एमालेले जनाएको छ।
पार्टीमा फर्केकाहरूलाई एमाले महासचिव शंकर पोखरेलले ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका हुन्।
एमालेका अनुसार, पार्टी प्रवेश गर्नेहरूमा जिल्ला कमिटी सदस्यहरू मायादेवी बुढा, हर्कबहादुर रोकाय, दलबहादुर थापा, देवी रोकाय, जयकृष्ण बुढा, ओमबहादुर विटालु, सुका विक, ओमेन्द्र केसी, कल्पना बुढा, अन्जु महतारा शाही, रूपा गुरुङ, कृष्णदत्त न्यौपाने, धनराम बुढाथोकी, चैता भण्डारी, कमलबहादुर रोकाय, गोविन्द बुढा, शशी बोहोरा, बागबहादुर बुढा, केशर रोकाय, दलबहादुर रोकाय, पञ्च रोकाय, भीमबहादुर धरला, आनन्दसिंह रावल, प्रचण्डविक्रम शाही, गोपालबहादुर शाही, तिलकजंग शाही, काले सार्की, हरिशरण खत्री, मनरूपा दर्जी, कैलाशी थापा, रणवीर दमाईं, काले महत, वीरलाल कार्की, कमल बुढा, लक्ष्मी कार्की, बौद्धसिंह कठायत, चन्द्रराम बोहरा, लक्ष्मी गुरुङ, हिराचन्द्र धरला, बालचन्द्र कामी र मानदत्त न्यौपाने छन्।
त्यस्तै, प्रदेश कमिटी सदस्यहरू धर्मलाल बुढा, काली बुढा, अमराम बुढा, देवीबहादुर बुढाथोकी, राष्ट्रिय परिषद् सदस्य देवीलाल रोकाय र बलबहादुर रोकाय पनि एमालेमा फर्केका छन्।