महानगर यातायातले थप्यो १० वटा टाटा अल्ट्रा बस
काठमाडौं उपत्यकाको चक्रपथमा सेवा दिंदै आएको महानगर यातायात प्रालिले घटस्थापनाको अवसरमा थप १० थान बस सञ्चालनमा ल्याएको छ।
महानगर यातायताले टाटाको एलपीओ ८.५ अल्ट्रा बस सञ्चालनमा ल्याएको हो। यो बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको सिप्रदी ट्रेडिङका प्रमुख प्रबन्धक कृष्ण चन्दले जानकारी दिए। हाई ब्याक सीट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिङ सस्पेन्सन रहेकाले बसमा यात्रा गर्न आरामदायी हुने कम्पनीले जनाएको छ। यसको बडी भने बडी निर्माण कम्पनी मार्कोपोलोले बनाएको हो।
महानगर यातायातका ३९ वटा बसले उपत्यकाको चक्रपथमा सेवा दिंदै आएका छन्।