काठमाडौंको सुकेधारामा हिमालयन ब्याङ्ककाे शाखा
हिमालयन ब्याङ्क लिमिटेडले काठमाडौंको सुकेधारामा ५९औं शाखा सञ्चालनमा ल्याएको छ ।
शाखाको उद्घाटन ब्याङ्क सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले हिमालयन ब्याङ्क ग्राहकलाई स्तरीय सेवा दिन प्रतिवद्ध रहेको जनाए ।
ब्याङ्कले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्ममा रु. १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरी उत्पादनशील व्यवसायिक तथा आधारभूत क्षेत्रमा रु. ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ ।
हिमालयनले चालू वर्षको ९ महीनामा रु. २ अर्ब ८६ करोड ५४ लाख संचालन मुनाफा आर्जन गरेको छ ।