नेपाली बजारमा न्युड सुपेरियर भोड्का
दी नेपाल डिस्टिलरिजले न्युड सुपेरियर भोड्का बजारमा ल्याएको छ। यस भोड्का नेपालको पहिलो राइसबेस्ड भोड्का भएको कम्पनीको दाबी छ।
यसमा प्राकृतिक मिठास पाउन सकिने बताइएको छ। अतिरिक्त चिनी नमिसाइएको न्यूड सुपेरियर भोड्का ग्लुटेन तथा ग्लिसरिन फ्री भएको कम्पनीले बताएको छ। न्युड सुपेरियर भोड्काको डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत २१औं शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रूपमा ध्यान दिइएको कम्पनीले दाबी गरेको छ।
शतप्रतिशत स्थानीय सामग्री प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तर्राष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेन्डर क्रिस्टोफर आर्म्सले न्युड सुपेरियर भोड्का डिजाइन गरेका हुन्। दी नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले स्वाद र गुणस्तर जस्तै न्युड सुपेरियर भोड्काको प्याकेजिङ पनि विशेष रहेको बताए।