डिशहोम फाइबरनेटको ‘खुशीको साथी’ योजना
डिशहोम फाइबरनेटले नयाँ योजना ‘खुशीको साथी’ सार्वजनिक गरेको छ।
यस योजनामा ४१ हजार ७३९ रुपैयाँमा डीएचआई स्मार्ट टीभी, फाइभजी डुअल ब्यान्ड राउटर सहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्शन साथै डिशहोम आइटीभीको एक वर्षको सब्सक्रिप्शन पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
डिशहोम फाइबरनेटले इन्टरनेट छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्दै देशका विभिन्न क्षेत्रमा ग्राहकको मन जितिरहेको कम्पनीको दाबी छ।
खुशीको साथी योजना अन्तर्गतको उत्कृष्ट डीएचआई स्मार्ट टीभीमा ग्राहकहरूले उत्कृष्ट टीभी हेराइको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। परिवारका हरेक सदस्यहरूका फरक फरक आवश्यकतालाई मध्यनजर गर्दै डिशहोम मिडियाले आफ्ना सेवाहरू समावेश गरी डीएचआई स्मार्ट टीभी सहित यो योजना ल्याएको हो।