हेमराज भण्डारी सहित धनकुटाका माओवादी नेताले दिए पार्टीबाट सामूहिक राजीनामा
नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमराज भण्डारी लगायतका धनकुटाका माओवादी नेताले सामूहिक राजीनामा दिएका छन्।
असोज ८ गते बसेको जिल्ला समन्वय समितिको बैठकपछि पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, प्रदेश सदस्य र जिल्ला संयोजक सहितका नेताहरूले सामूहिक राजीनामा दिएको माओवादी केन्द्रका धनकुटा संयोजक डिल्लीराज राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मंसीर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने संयोजक राईले जानकारी दिए। विज्ञप्तिमा ‘हेमराज भण्डारीको प्रस्तावलाई पूर्ण रूपमा समर्थन गर्दै उहाँको नेतृत्वमा बन्ने स्वतन्त्र अभियानलाई सहयोग गरी स्वतन्त्र रूपमा निर्वाचनमा सहभागी हुने’ उल्लेख छ।